Tuesday, November 22, 2016

गोरु काटेर खाने लाई जेलनेल गर्ने कानुन बनाउने हरु लाई मेरो ब्यक्तिगत गुनासो ।

गोरु काटेर खाने लाई जेलनेल गर्ने कानुन बनाउने हरु लाई मेरो ब्यक्तिगत गुनासो ।

धर्म ले गर्दा नै मानिस ले दुख पाउने यो कस्तो बिडम्बना हो । भारत जस्तो हिन्दु हरु को वाहुल्यता रहेको देश मा गोरु काटेर मासु को ब्यपार गर्छन । कानुन त धर्म ले बनाउन हुन्न नि हो । कुनै पनि धर्म सानो र ठुलो हुदैन। धर्म ले स्वस्थ्य , ज्ञानि, सुखी र उत्तम जिवन जिउन सिकाउने हो नि तर अन्य धर्म मान्ने लाई बन्देज नगर्नु पर्ने मात्र होइन आफ्नै धर्म मान्ने लाई पनी बन्देज गर्न पनि सुहाउन्दैन । कानुन ले एउटा धर्म मान्ने ले अर्को धर्म लाई अपमान नगर भन्ने हो । हिन्दु ले गाईगोरु पुजा गर्दा मुस्लिम ले अपमान गर्नु भएन त्यस्तै मुस्लिम ले गोरु काटेर खादा हिन्दु ले बिरोध गर्नु हुन्न । धर्म ले त ज्ञान  बाढ्ने हो भरिसक काट्मार नगर्नु शाकहारी वन्न सिकौं भन्ने पो हो। कानुन लाई आफ्नो धर्म अनुकुल अरु लाई बन्देज गर्ने होइन नि दैनिक हजारौ खसी काटेर लादी फुट्ने गरि खाएर गोरु काटी खाने लाई जेलनेल हाल्नु त जनावर र मानिस दुबै लाई अन्याए गर्नु हो । कुनै पनि धर्म को राम्रो मानिस लाई कुनै पनि धर्म मान्ने हरु ले आदर गर्छन तर यो होइन कि के बहुमत एउटा धर्म मान्ने जनसंख्या को अनुकुल भएको मुलुक अनि एकल धर्मिक बहुमतै रहेको सभासद हरु ले अल्पमत मा रहेको धर्मवलम्बी, जात जाती लाई येस्तो अफ्टेरो असुहाउन्दिलो कानुन बनाएर कहिले सम्म आफ्नै नागरिक लाई पशु हत्त्या को आरोप मा बर्षौ सम्म हत्कडी लगाएर राख्छौ ? सम्बिधान र कानुन  त त्यो हो जस्ले अल्पमत अल्पसंख्यक हरु को धर्म, समस्या,  अफ्नो परम्परा र संस्कृति लाई बुझेर उनि हरु को अनुकुल  पनि सम्बिधान र कानुन बन्छ भने पो त्यो न्यायपुर्ण र समान्ता को कानुन भन्न सुहाउन्छ अनि कस्ले जेलनेल भोग्नु पर्ने अबस्था आउन्छ  होला र ? लोपोन्मुख जनावर को हत्या गर्ने लाई पो जेलनेल हाल्नु सुहाउन्छ । प्राय धर्म हरु ले पशु हत्या गर्नु हुन्न भनेकै छ तर हिन्दु हरु ले खसी काटेर खाने संस्कार छ भने बुद्ध धर्म मन्ने भोटे जाती को संस्कार ले उनिहरु लाई गोरु काटेर खाने छुट छ । हिन्दु धर्म को नाम मा आफ्नै नागरिक बुद्ध धर्म वालम्बी हरु र मुस्लिम हरु लाई कानुन ले बन्देज गरेर कहिले सम्म अन्याय गरि जेलनेल हाल्छौ । यो घटना ले भोलि को दिन मा बिकराल रुप नलियोस ।

No comments:

Post a Comment